नियम ११
आवासीय (रेजिडेन्सियल) भिसा

(१) नेपालमा जीवन विताउन चाहने देहायका विदेशीहरु र तिनका परिवारलाई आवासीय भिसा दिइनेछ ।
(क) अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्ति,
(ख) नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक समुन्नतिमा विशेष योगदान पु¥याउन सक्ने व्यक्ति,
(ग) χ……
(घ) नेपालको औद्योगिक व्यवसायमा कम्तिमा एकलाख अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा एकैपटक लगानी गर्ने व्यक्ति,
(ङ) नेपालमा कुनै व्यवसाय नगरी जीवनयापन गर्न चाहने विदेशी ।
(२) उपनियम (१) को खण्ड (घ) मा उल्लेख भएका विदेशी बाहेक अन्य खण्डमा उल्लेख भएका विदेशीलाई आवासीय भिसा सिफारिस गर्ने नियोगले परराष्ट्र मन्त्रालय मार्फत त्यस्तो विदेशीले भरेको निवेदन सहित विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) को खण्ड (ङ) को आधारमा आवासीय भिसा प्राप्त गर्न चाहने विदेशीले एकमुष्ट वार्षिक बीस हजार अमेरिकी डलर वा सो वरावरको परिवत्र्य विदेशी मुद्रा नेपालमा खर्च गर्ने स्रोत प्रमाणित हुने कागजात र नवीकरण गर्न चाहने विदेशीले सो कागजात सहित एकमुष्ट वा पटक पटक उक्त रकम खर्च गरेको पुष्टि हुने प्रमाण पेश गर्नु पर्नेछ ।
(४) आवासीय भिसा लिन चाहने विदेशीले अनुसूची–४ बमोजिमको ढाँचामा विभाग वा सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछ ।
(५) आवासीय भिसाको ढाँचा अनुसूची–४क बमोजिम हुनेछ ।